arrow

डल्फिन सहकारीका व्यवस्थापक खाती मृत अवस्थामा भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
death photo.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिएका छन् ।

खाती आइतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । उनले केही वर्षदेखि पानी उद्योगसमेत सञ्चालन गर्दै आएका थिए ।

श्रोतका अनुसार चर्को ऋणको दवाव थेग्न नसकेर उनले आत्महत्याको बाटो रोजेका हुन् । उनी व्यवस्थापक रहेको डल्फिन सहकारीको आर्थिक अवस्था निकै नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दवाव दिएपछि यस्तो घटना घट्न पुगेको श्रोत बताउँछ । 

खाती मृत भेटिएपछि उनकी श्रीमती सिर्जना अचेत भएपछि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

खातीको साथमा ऋणको सूचीसहितको सुसाइड नोटसमेत भेटिएकाले थप अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ