arrow

हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ माघ १६ सोमबार
heu-manma.jpg

मुगु । हिउँ जमेपछि ५ दिन यताबाट अवरुद्ध नाग्म गमगढी सडक सुचारु भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले सडक खण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्सावेटरको प्रयोग गरेर पन्छाउने काम आइतबार सम्पन्न गरेसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

गत १० गते रातीबाट ११ गतेसम्म हिमाली जिल्लाहरूमा हिमपात हुँदा यो क्षेत्रमा २ फिट भन्दा बाक्लो हिउँ जमेको थियो ।  हिउँ बाक्लो जमेपछि नाग्म गमगढी सडकमा गत १० गतेबाटै यातायातका साधनहरू चल्न सकेका थिएनन् ।

सिञ्जा लगायत गमगढी आसपासमा हिउँ घामले पग्लिएपछि घुच्ची लेख जहाँ सातमामोड र बुलबुले क्षेत्र पर्छ त्यहाँ बाक्लो हिउँ जमेर सडक अवरुद्ध भएको थियो सो क्षेत्रको हिउँ हटाउन डिभिजन कार्यालयले १२ गतेबाटै हिउँ पन्छाउन शुरु गरेको र सो काम आइतबार दिउसो सम्पन्न भएसँगै सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

विगत वर्षहरूमा वर्षामा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिन सम्म अवरुद्ध हुने गरे पनि यो आवबाट सडक डिभिजन कार्यालय जुम्लाले पहिरो र हिउँ पन्छाउन ठाउँ ठाउँमा एक्स्काभेटर र कर्मचारीहरू तयारी अवस्थामा राख्दा बढीमा एक हप्तासम्म मात्र सडक अवरुद्ध हुने गरेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ