arrow

रविले फिर्ता गरे राहदानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
ravi-lamichhane-2079-10-15.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पुरानो राहदानी फिर्ता गरेका छन् ।  आइतबार राहदानी विभाग पुगेर लामिछानेले राहदानी बुझाएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कानून बमोजिम पुनः नागरिकता लिएसँगै लामिछानेले पुरानो नागरिकताबाट बनेको राहदानी विभागमा बुझाएका हुन् ।

उनले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका भए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका थिए ।

पछि अमेरिकाको नागरिकता त्यागेको भए पनि प्रक्रिया पुर्‍याएर फेरि नेपाली नागरिकता नलिएका कारण गत शुक्रबार सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ