arrow

प्रचण्ड, ओली र देउवालाई भेट्दै अमेरिकी उपविदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
victoria-nuland.jpg

काठमाडौं । दुई दिने नेपाल भ्रमणको क्रममा संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबारदेखि काठमाडौंमा छिन् । आज उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन् ।  उपविदेशमन्त्री नुल्यान्डले तीन शिर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यषक्रम रहेको छ ।

उनले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । शीर्ष नेताहरुसँग उपविदेशमन्त्री नुल्यान्डले अमेरिकी साझेदारीको बृहत् परियोजनाहरुमाथि छलफल गर्ने छिन् ।

नुल्यान्डले परराष्ट्रमन्त्री विमला पौड्यालसँग भेटवार्ता गर्ने छिन् । भने पाटन दरबार स्क्वारको भ्रमण गर्ने पनि जनाइएको छ ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ