arrow

परिवारलाई पेट्रोल छर्केर भारत भाग्ने भानुभक्त पक्राउ, दुई वर्षे छोराको मृत्यु, श्रीमती घाइते

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ माघ १६ सोमबार
crime-bk-fire.jpg

नेपालगञ्ज । बाँकेको कोहलपुरमा श्रीमती र छोरालाई आगो लगाई फरार रहेका भानुभक्त विकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब साढे १२ बजेको समयमा नेपाल भारत  सीमा नाका जमुनाहाबाट प्रहरीले विकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐन बहादुर मल्ले जानकारी दिए ।

 प्रहरीको शादा पोशाकमा गएको टोलीले विकलाई पक्राउ गरी कोहलपुर लगेर कारवाहीको प्रक्रिया अघि बढाइएको मल्लले बताए । कोहलपुर नगरपालिका २ शक्तिनगरमा बस्दै आएका विकले श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका हुन् । 

आइतबार बेलुकी करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाइ फरार भएका थिए ।

घटना भएलगत्तै कोहलपुर मेडिकल कलेजमा उनीहरुलाई उपचारको निम्ति पुर्याईएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको थियो । उनका अनुसार बालक प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ