arrow

भ्रष्टाचार सूचकांकमा नेपाल ११० औं स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
nepal-corruption-index.PNG

काठमाडौं। नेपाल भ्रष्टाचार गर्ने देशहरुको अग्रमोर्चामा नै रहेको छ।  ट्रान्सपरेन्सी इन्टरनेशनल सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ अनुसार नेपाल १८० देशमध्ये ११० औं स्थानमा रहेको छ।

नेपालले १०० मा ३४ अंक पाएर ११०औँ स्थान आगटेको हो। सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा १०० मा ८० अंकसहित डेनमार्क रहेको छ। यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुनेमा १०० मा १२ अंकसहित सोमालिया रहेको छ ।

यसअघि सन् २०२१ मा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा रहेको थियो । गत वर्ष भन्दा ७ स्थानले झरेको देखिए पनि अंक भने १ मा सुधार हुँदा नेपाल उत्तिकै भ्रष्ट रहेको देखिन्छ ।

छिमेकी मुलुक भारत ४० अंकसहित ८० औं स्थानमा अर्थात् नेपाल भन्दा निकै कम भ्रष्ट रहेको छ । यस्तै विश्वको दोस्रो ठूलो शक्ति छिमेकी चीन ४५ अंकसहित ६५ औं स्थानमा अर्थात् भारत भन्दा पनि कम भ्रष्ट रहेको छ ।

६९ अंकसहित अमेरिका २४ औं स्थानमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ