arrow

यती दुर्घटना : छ जनाको ‘डीएनए’ परीक्षण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
Yeti plane.jpg

पोखरा । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण शुरु भएको छ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण शुरु गरिएको जानकारी दिए । 

उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरु गरिएको हो ।

उनले परिवारको नमूना सङ्कलन र छ वटा शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । 

काठमाडौँ लगिएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । 

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ आइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ