arrow

कांग्रेसका नेता अमृत कुमार श्रेष्ठको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
Amrit shrestha.jpg

पोखरा । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत कुमार श्रेष्ठको आज साँझ निधन भएको छ ।

गएराति बाथरुममा अचानक ढलेका नेता श्रेष्ठको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

चिकित्सकका अनुसार श्रेष्ठलाई गम्भीर मस्तिष्कघात भएको थियो । उनको उपचारमा मणिपालका न्यूरोसर्जन डा. बालगोपाल कर्माचार्य र डा. अनमोल पौडेल संलग्न थिए ।

नेपाल विद्यार्थी संघमा रहेर लामो समय राजनीति गरेको नेता श्रेष्ठ कांग्रेसभित्र बौद्धिक एवं लोकप्रिय नेता मानिन्थे । 

४९ वर्षको उमेरमा निधन भएका श्रेष्ठका बुबा, आमा श्रीमती, एक छोरा र एक छोरीका साथै तीन जना दाजु छन् । 

उनको अन्त्येष्टि बुधबार ११ बजे गाईघाटमा गरिने नेपाली कांग्रेस कास्कीले जनाएको छ ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की र पोखरा महानगर समितिका साथै कांग्रेसका नेता कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले श्रेष्ठको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

यसैबीच गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नो सहपाठी श्रेष्ठको निधनले आफू निकै स्तव्ध र मर्माहत भएको बताएका छन् । सांसद बरालले स्व. श्रेष्ठ आफ्नो अत्यन्तै स्नेही मित्र भएको उल्लेख गर्दै उनको अकल्पनीय निधनले असैह्य पीडा बोध भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ