arrow

परराष्ट्रमन्त्री भोलि श्रीलंका जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
Bimala-rai-poudel.jpg

काठमाडौं । श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा परराष्ट्र मन्त्री डा विमला राई पौड्याल भोलि श्रीलंका जाने भएकी छन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा परराष्ट्रमन्त्रीलाई बोलाइको छ । 

पौड्याल कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिको रूपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका-मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उन माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछ ।

परराष्ट्र मन्त्री २५ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ