arrow
ADVERTISEMENT

रवि लामिछाने विरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्णपाठ पछि निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
ravi-lamichane-new-party-register-apply.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहारो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  । 

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौं प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी विरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन । 

काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो । 

निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ