arrow

गणेशले नछाडेपछि देवराजलाई बास पाउन मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
ganesh-prasad-timilsina.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन ।

लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा हट्नु परेसँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सो भवनमा सरेका थिए । यौन दुर्व्यवहारको आरोपमा महरा हटेपछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए ।  

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटेपछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । 

तर अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन् । जसका कारण शहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्रो भइरहेको छ ।

‘पुरानो सभामुख निवासबाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं,’ शहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्यपि सभामुख घिमिरेलाई नयाँ बासस्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ