arrow

रविलाई गृह मन्त्रालय दिलाउन प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
prachanda-oli-2079-10-18.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । ओली गृह मन्त्रालयको टुंगो लगाउन बालुवाटार पुगेको जनाइएको छ । 

पछिल्लो समय ओलीले गृहमन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई दिनका लागि दबाब दिँदै आएका छन् । उनले सहमति नतोड्न पनि आग्रह गर्दै आएका छन् । 

तर प्रचण्डले भने अदालतबाट रविको नागरिकताको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय दिन नहुनेमा गम्भीर रहेको बताएका छन् । यसबारेमा माओवादीको स्थायी कमिटी बैठकले पनि निर्णय गर्दैछ । 

पछिल्लो समय ओलीले रविमाथि पूर्ण भरोसा गरिरहेका छन् र रविले पनि ओलीकै भर रहेको बताउँदै आएका छन् । 

नागरिकता काण्डमा मुछिएपछि रविले गृहमन्त्रालयबाट राजीनामा दिनु परेको थियो । 

रविले सांसद पद गुमाइसकेका छन् । अब पुनः सांसद बन्नका लागि उनले पुनः चितवन २ बाट चुनाव जित्नुपर्ने हुन्छ । 

ओलीको स्वार्थ
रविलाई गृह मन्त्रालय दिनका लागि ओलीले पनि ठूलो स्वार्थ बोकेका छन् । राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने आशासहित ओलीले रविलाई च्यापेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ