arrow

 रविलाई मन्त्रालय दिलाउन ओली पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
oli-prachanda-bhetghat.jpg

काठमाडौं । गृह मन्त्रालयको टुङ्गो लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिलाउन अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । 

बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल गरेका छन् ।

आज बुधबार बिहान १०:३० बजे बालुवाटार  छिरेका ओलीले मन्त्रालय रविलाई दिनुपर्ने प्रधानमन्त्रीलाई दबाब दिएका छन् । 

यसअघि पनि रविको पार्टीलाई गृह मन्त्रालय दिन अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिँदै आएका छन् ।  

प्रधानमन्त्री प्रचण्ड भने उक्त मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा रहेका छन् ।

 ओली प्रचण्ड भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन बारेमा पनि छलफल भएको बताइएको छ । 

 पूर्व गृहमन्त्री लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गरेका छन् । 

मन्त्रालय नपाए सत्ता छोड्ने लामिछानेको  चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ