arrow

पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जीसीलाई पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
fire-semi-final-nawalparasi.jpg
फाइल तस्वीर

पोखरा । बागलुङमा आज बिहान पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका शेरबहादुर जीसीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

उनको थप उपचार पोखरास्थित गण्डकी मेडिकल कलेजमा हुँदैछ । जीसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानाका ५२ वर्षीय जीसीले आज बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । 

जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ