arrow

नेपालका मदरसाहरुमा कट्टरपन्थीहरुको बिगबिगी, अपराध बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
crime-final-everytime-use.jpg

काठमाडौं । नेपालका मदरसाहरुमा कट्टरपन्थीहरुको बिगबिगी बढ्दै गएको पाइएको छ । पाकिस्तानको आर्थिक प्रायोजन र सहयोगले नेपालमा तबलिगी जमात पठाउने र मदरसालाई कट्टरपन्थी क्रियाकलाप बढाउन रकम उपलब्ध गराउने लगायतका काम भइरहेको पाइएको हो । 

यसलाई सहज बनाउने काम नेपाल सरकारले नै गरेको पाइएको हो । त्यसको प्रमुख उदाहारण भनेको नेपालको उदार भिसा व्यवस्था नै रहेको विदेशविज्ञहरु बताउँछन् । अर्कातर्फ सरकारले नेपालमा विदेशी भित्र्याउन मरिहत्ते गर्छ । को र कस्तो भन्दा विदेशीलाई नेपाल भित्र्याउन पाइयो भने पर्यटकको संख्यामा वृद्धि हुने कुतर्क गरिरहँदा पनि नेपालमा यस्तो गतिविधि बढ्न गएको विश्लेषण गरिएको छ । 

सोही कमजोरीको फाइदा उठाउँदै पाकिस्तानबाट तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा नेपाल आएर धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न रहने गरेको पाइएको हो । 

सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको जोड रहे पनि सरकारले भने अहिलेसम्म त्यस्तो कुनै कदम चालेको छैन । 

पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेकोसमेत पाइएको छ ।

अहिले आपराधिक गतिविधि गर्न नेपालमा सजिलो हुने भन्दै पाकिस्तानीहरुको अखडा नै बन्दै गएकोसमेत विश्लेषण गरिएको छ । 

गत महिनामात्रै काठमाडौंबाट तीन जना पाकिस्तानी अपहरणकारी २५ लाख रुपैयाँ फिरौतीसहित पक्राउ परेका थिए । एक जना पाकिस्तानी युवालाई क्यानाडा पठाउने भन्दै काठमाडौं बोलाएर अपहरण गरी २५ लाख रुपैयाँ बढी फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाकिस्तानको कसुरका ३० वर्षीय मुहम्मद रासिद, लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ र पाक्पात्तनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन हुन् । उनीहरू तीनै जना काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुने भन्दै पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल बोलाई ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।

उनीहरुले खानलाई पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर बन्धक बनाएका थिए । 

त्यसपछि अपहरणकारीहरुले पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएका थिए । 

३० घण्टापछि अपहरणकारीहरुले पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएर पीडितको भाइबाट रकम मगाएका थिए ।

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार यूएई दिरामसमेत गरी नेपाली रुपैयाँ २५ लाख ६६ हजार ६९७ रकम पठाएका थिए । सोपश्चात् पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडी अपहरणकारीहरु फरार भएका थिए ।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँगसमेत समन्वय गरी अपहरणमा संलग्न व्यक्तिहरूको खोजतलास थालेको थियो ।

सो क्रममा घटनामा संलग्न उनीहरूलाई घटनामा प्रयोग गरेका सामानसहित पुस २८ गते बूढानीलकण्ठ–४ स्थित भाडाको घरबाट पक्राउ गरेको हो। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अर्न्तगत अपहरण र शरीर बन्धक गरेको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको थियो ।

प्रहरीले थप अनुसन्धान गरी अपहरणकारीहरुविरूद्ध मुद्धा चलाउने बताएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ