arrow

मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
can-against-rapist.jpg

काठमाडौं । नेपाली क्रिकेटप्रेमीहरुले नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको भन्दै उनीहरुले क्यानविरुद्ध प्रदर्शन गरेका हुन् । 

आरोपी सन्दीपको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंसँगै सर्वोच्च अदालतमासमेत विचाराधीन रहेको अवस्थामा क्यान नेतृत्वले आफ्नो मनोमानी गर्दै गत भदौ २३ गतेदेखि लगाएको निलम्बन फुकुवा गरेसँगै क्रिकेटप्रेमीहरु आक्रोशित भएका हुन् । 

बलात्कार जस्तो गम्भीर मुद्दा खेपिरहेका सन्दीपको मुद्दाको किनारा नलाग्दै अनुशासन सिकाउने क्यानले उल्टै अनुशासनहीन काम गर्दै सन्दीपको अनुशासनको निलम्बन फुकुवा गर्दै शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमासमेत सामेल गराएपछि क्रिकेटप्रेमीहरु आक्रोशित भएका हुन् । 
उनीहरुले बलात्कारी रमाउँदै पीडित डराउँदै, के हामी सुरक्षित छौं ?, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्न पर्दैन ? जस्ता प्लेकार्ड बोकेका थिए । 

क्यानको न्यायपालिकाविरुद्धको यो निलम्बन फुकुवाको निर्णयसँगै ‘बाइकट क्यान’ भन्ने अभियान सामाजिक संजालमा चलिरहेको छ । 

उनलाई नियन्त्रणमै लिएर मुद्दाको प्रक्रिया अगाडि बढाउन भन्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन नै दिएको छ । सर्वोच्चले शुक्रबार मात्रै अहिलेसम्मका सबै कागजपत्र झिकाउन आदेश दिएको छ । 

यसअघि गत माघ २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सोविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । निवेदनमा उच्च अदालतको आदेश बदरको मागसमेत गरिएको छ । 

गत भदौ ५ गते सन्दीपले एक नाबालिगलाई बलात्कार गरेको निवेदन भदौ २१ गते परेको थियो । भदौ २३ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पक्राउ पूर्जी जारी गरेको थियो । 

क्रिकेट खेल्न विदेशमा रहेका सन्दीप असोज २० गतेमात्रै काठमाडौं आएका थिए । उनलाई कार्तिक १८ गते अदालतले थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । 

 

can-against-rapist1.jpg
राष्ट्रिय टिममा बलात्कारको अभियुक्त
can-against-rapist2.jpg
राष्ट्रिय टिममा बलात्कारको अभियुक्त
can-against-rapist3.jpg
राष्ट्रिय टिममा बलात्कारको अभियुक्त
can-against-rapist4.jpg
राष्ट्रिय टिममा बलात्कारको अभियुक्त
can-against-rapist5.jpg
राष्ट्रिय टिममा बलात्कारको अभियुक्त


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ