arrow

ऐनापहरामा बस दुर्घटना हुँदा ६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
accident-final-1618290232.jpg

गोरखा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो । 

दुर्घटना हुँदा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ । 

घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ