arrow

प्रचण्डले गृह राखेपछि निर्णय लिन रास्वपाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
rabi-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय नदिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि बस्ने भएको छ । 

हिजोको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज साढे ११ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ । 

रास्वपाले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई शनिबार सम्मको समय दिएको थियो ।

 तर प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने प्रस्ताव गरेका छन् । 

रास्वपाका सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री नै बनाउनु पर्ने दाबी गर्दै आएका छन् । 

सोही विषयमा बैठकले  निर्णय गर्नेछ । 

यता माओवादीले गृह मन्त्रालय आफै राख्ने मनसायमा छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह  दिने विचारमा प्रधानमन्त्री रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ