arrow

दाताको भरमा गुरुकुल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
Gurukul_news.jpg

कञ्चनपुर ।  भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ ।

सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ कोठा र अर्को भवन चार कोठाको निर्माण हुने भएको छ । छात्रावासका दुईवटै भवन निर्माणका लागि रु  ३०–३० लाख गरी रु ६० लाख र पाठशाला भवन निर्माणका लागि रु ४० लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यालयकै लगानीमा रु १५ लाखको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ ।

“नियमानुसार बोलपत्र प्रक्रियामार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्” अध्यक्ष जोशीले भने, “भौतिक पूर्वाधार निर्माणकार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्तरूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ