arrow

 माओवादीकी उर्मिलाको राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी, कांग्रेसको समर्थनले निर्विरोध हुने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
urmila-aryal-rastriya-sabha-vp-candidate.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।  

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । 

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सोमबार निर्वाचन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ