arrow

सरकार छाडे रास्वपाका मन्त्रीले, बुझाए प्रधानमन्त्रीलाई राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
rsp-ministers-quit-2079-10-22.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले सरकार छाडेका छन् । रास्वपाबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । 

राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।

यसअघि गत हप्ता रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतले सांसदबाट हटाएसँगै रविले राजीनामा दिएका थिए । गत आइतबार उनले पुनः नागरिकता प्राप्ति गरे पनि गृह मन्त्रालय नपाएपछि सोही झ्वाँकमा रास्वपाले सरकार नै छाडेको हो । 

तर रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन भने कायमै रहने बताएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ