arrow

एमालेको केन्द्रीय कमिटी बैठक माघ २९ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
uml-central-committee.jpg
फाइल तस्बिर

काठमाडौँ। निर्वाचनको समीक्षा लगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ। गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो।

एमालेको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्य गरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सङ्गठित सुदृढीकरणबारे छलफल हुने जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो।

त्यसै गरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ।



नयाँ