arrow

‘कमलराज खम्बु राई आने स्मृतिग्रन्थ’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
kamalraj-rai-khumbu-grantha.jpg

काठमाडौं । ‘कमलराज खम्बु राई आने स्मृतिग्रन्थ’ लोकार्पण भएको छ । पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सो स्मृतिग्रन्थको लोकार्पण गरेका हुन् ।

प्रभाव दैनिक तथा खासखबर साप्ताहिकका सम्पादक कमलराज राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पनि थिए । उनको २०७८ साल माघ २० गते हृदयघात भई निधन भएको थियो ।

लोकार्पित स्मृतिग्रन्थको पत्रकार साहित्यकार श्रीराम राईले समीक्षात्मक टिप्पणी गरेका थिए । उनले पत्रकार कमलराज खम्बु राई आने उद्धारताको धनी, कामप्रति जिम्मेवार र संघर्षशील रहेको बताए ।

उनले स्मृतिग्रन्थ पत्रकारको जीवन शैली र पत्रकारितासम्बन्धी बुझ्न चाहनेका लागि निकै उपयोगी भएको पनि बताए ।

पत्रकार खम्बुकी जीवनसँगिनी लालसरा राईले प्रकाशन गरेको उक्त स्मृतिग्रन्थको सम्पादन डा. सुकराज राई, डा.धनप्रसाद सुवेदी, जीवनजीत राई एस खम्बु र विकास राई सौगातले गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, पूर्व सांसद् टंक राई, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनाल लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रभाव पब्लिकेसनका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा कमलराज राईको जीवनमा आधारित वृत्तचित्र पनि देखाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ