arrow

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
nsjf-peoples-choice-2079.jpg

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८’ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत खेलाडी छनोट समितिले घोषणा गरेको पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटबाट आसिफ शेख, टेनिसबाट अभिलाषा विष्ट, फुटबलबाट  अञ्जन विष्ट, पौडीबाट डुवाना लामा र भलिबलबाट उषा भण्डारी परेका छन् । 

पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । जसमा ई–सेवाको मतभार– ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार– २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने), राष्ट्रिय प्रशिक्षकको मतभार– १२ दशमलब ५ प्रतिशत र खेल पत्रकारको मतभार– १२ दशमलब ५ प्रतिशत रहेको छ । 

भोटिङका लागि विद्युतीय भुक्तानीका लागि ई–सेवासँग प्रायोजन सम्झौता भइसकेको मञ्चले जनाएको छ । 

१९ औं संस्करणको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड यही फागुन २३ गते हुँदैछ । पिपल्स च्वाइससँगै उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड पनि प्रदान गरिँदैछ । 

विगतमा झै पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । विगतमा चार पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यस वर्ष युवा विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ । 

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । 
 



नयाँ