arrow

जीप दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
Jeep Accident.jpg

पोखरा । स्याङ्जामा आज दिउँसो जीप दुर्घटना भएको छ । दुर्घटनामा परेको जीपमा चालकसहित पाँच जना सवार थिए । स्याङ्जा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिर्सिकोट छापाबाट वालिङतर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट आठ मिटर तल खसेको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-११ सिर्सिकोट छापाका बर्ष ३४ का बिजय गोतामेलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पोखरा ल्याइएको छ । 

अन्य यात्रु भने सुरक्षित रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ