arrow

पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
pakistan-activity-2023.jpg

काठमाडौं। काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गर्‍यो। पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षाभन्दा धेरै कम मानिसहरु सहभागी भएका थिए । 

एकातिर कार्यक्रमको न्यून सहभागीताले नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न् भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरेको छ । 

राष्ट्रिय एकता अभियानले हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको  सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्‍ने नाराका साथ हस्ताक्षर संकलन अभियान गरेको हो। 

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान शुरु भएको हो। हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियन्ताहरु सक्रिय थिए । 

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ। पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको हो।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान शुरु गरिएको बताए । 

उनले भने, ‘पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दुःख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान शुरु गरेका हौं ।’

पाकिस्तानमा हिन्दूहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दूहरु थिए । तर व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ। 

हिन्दूहरुमाथि भइरहेको अत्याचार झनै झाँगिएको छ । यसले पाकिस्तानको सामाजिक सूत्र नै विभक्त भइरहेको छ । अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन । यस्तो अत्याचार नियमित जस्तै भइरहेको छ । 

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्यादती नभएको भन्दै ढाँटिरहेको छ । पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ । 

हिन्दू महिलाहरुमाथि भएको अपराधका घटनाहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ । न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ । यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्ट्रमध्ये १५० औं स्थानमा छ । जबकि यो तुलना १५३ राष्ट्रहरुभित्र मात्रै भएको हो ।

पाकिस्तानमा हिन्दूहरुमाथि जे भइरहेको छ त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ । पाकिस्तानी हिन्दूका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन् । अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन् । 

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन् । यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जानसमेत पाएका छैनन् । कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन् । 

केही मध्यमवर्गीय हिन्दूहरुको जीवन त सहज देखिन्छ तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन । हिन्दू अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आँकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ । 

हरेक वर्ष करिब पाँच हजार हिन्दूहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन् । किनकि उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत जाने गर्छन् । 

यसैका कारण भारतको राजधानी दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ । जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ । 

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन् । किनकि रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन । पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन् । हिन्दूहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो । 

दिल्लीस्थित क्याम्पका हरेक हिन्दूहरुसँग कहालीलाग्दो विगत छ । हरेक पाकिस्तानी हिन्दू शरणार्थीहरुले भारतमा पनि कठिन अवस्था भोगिरहेका छन्, जस्तो कि भारत आश्रित अन्य देशका शरणार्थीहरुले भोगिरहेछन् । सुविधाका लागि भन्दा पनि ज्यान जोगाउन पाकिस्तानबाट भारत आइपुगेका हिन्दूहरु जिउँदै रहेकोमा खुशी देखिन्छन् ।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन् कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दूहरुको प्रतिनिधित्व गर्छ । तर विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो ।

भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानवअधिकार पुरै सुरक्षित छ । 

तर यस्तो पाकिस्तानी दावा सरासर झुटको पुलिन्दा शिवाय अरु केही होइन । पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन् । तर जतिपटक दोहोर्याए पनि झुट सत्यमा बदलिन सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ