arrow

दक्षिण कोरियामा उड्याे उत्तरकाे बेलुन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
south-korea-ballon.jpg

काठमाडौं। शनिबार मात्रै अमेरिकी आकाशमा देखिएको चिनियाँ जासुसी विमानले विश्व भूराजनीति तरंगित पारेका बेला दक्षिण कोरियालेसमेत आफ्नो आकाशमा उत्तर कोरियाली जासुसी बेलुन देखेको बताएको छ ।

दक्षिण कोरियाले सोमबार बेलुन देखिएको भने पनि त्यसले कुनै खतरा पैदा नगरेको बताएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले आइतबार सो बेलुन आफ्नो वायु रक्षा क्षेत्रमा  प्रवेश गरेको र अनिर्दिष्ट उपायहरु अपनाएको जनाएको छ ।

एक उच्च स्तरीय सैन्य स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली प्रसारक केबीएसले बेलुनलाई थर्मल अवलोकन यन्त्र मार्फत फ्रन्ट लाइन एकाइले आइतवार बेलुका साढे ६ बजे अन्तर कोरियाली सीमामा रहेको योनचेन ग्योन्गी प्रान्त नजिकैको क्षेत्र फेला पारेको जनाइएको छ।

उता अमेरिकी लडाकू जेटले समेत एक चिनियाँ बेलुन खसालेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ