राप्रपालाई सभामुखले रोक्नु गलत हो, संसद्मा बोल्न पाउनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
523
Shares
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको आरोप लगाए ।
बिजुक्छेँले भने, 'प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारका रूपमा रहेर सरकारको गतिविधिलाई नियाल्नुपर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो, कांग्रेसले त्यो जिम्मेवारी छाडिदियो ।'
संसद्मा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेले भने, 'राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत हो, संसद्मा बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन ।'