arrow

अमेरिकी क्याबिनेट स्तरकी उच्च अधिकारी पावर आज आउँदै, राजनीतिक भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
samantha-power.jpg

काठमाडौं । अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी सामन्था पावर आज नेपाल आउने भएकी छन् । यूएसएआईडीकी प्रमुख समेत रहेकी पावर नेपालको दुई दिने भ्रमणमा आज काठमाडौं आउने भएकी हुन् ।

युएसएआईडीले जारी गरेको प्रेस विज्ञप्तिमा पावरले नेपाल सरकार र जनतासँगको ७५ वर्षदेखिको संयुक्त राज्य अमेरिकाको स्थायी साझेदारीलाई जोड दिनेछिन्।

पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने बताइएको छ ।

नेपालमा रहँदा पावरले नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटघाट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल गर्नेछिन्।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत रहेकी पावरको भ्रमणलाई महत्वका साथ हेरिएको छ । गत साता  अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ