arrow

यूएसएआईडी प्रमुख सामन्था काठमाडौंमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
samantha-power.jpg

काठमाडौं । यूएसएआईडीकी प्रमुख सामन्था पावर काठमाडौं आइपुगेकी छन् ।

अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी पावर नेपालको दुई दिने भ्रमणका क्रममा आज काठमाडौंको त्रिभुवन विमानस्थलमा विमान मार्फत उत्रिएकी हुन् ।

पावरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्नेछिन् ।

पावरले नेपाल सरकार र जनतासँगको ७५ वर्षदेखिको संयुक्त राज्य अमेरिकाको स्थायी साझेदारीलाई जोड दिनेछिन्।

नेपालमा रहँदा पावरले नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटघाट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल गर्नेछिन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ