arrow

सवारी ज्यान मुद्दामा वडासदस्य कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
Lila devi nepali pokhara-33.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ की वडासदस्य एवं पोखरा महानगरपालिकाका नगरसभा सदस्य लीलादेवी नेपाली पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।

सवारी ज्यान मुद्दामा पक्राउ परेकी उनलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत पुस १३ गते सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा पनि आफ्नी आमा टीकादेवी चापागाइँलाई स्कूटरमा बोकेर तनहुँ पुगेकी थिइन् । 

सोही क्रममा उनी सवार बा९प ५६४९ नम्बरको स्कूटरलाई शुक्लागण्डकी नगरपालिका वडा नं. २ हलेदीमा बा२क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिंदा दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएकी चापागाइँको पुस १७ गते मणिपाल शिक्षण अस्पतालाल पोखरामा उपचारकै क्रममा ज्यान गएको थियो ।

दुर्घटनापछि अनुसन्धान गर्नेक्रममा सवारी चालक अनुमतिपत्र नभएको पाइएपछि प्रहरीले वडा सदस्य नेपालीलाई पक्राउ गरेर मुद्धा अघि बढाएको थियो ।

नेपालीसंगै र ट्रिपर चालक तिलक श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

नेपाली गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ