- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ। समसामयिक राजनीति, संसदीय समितिमा सांसदहरूको कार्य बिभाजन, राष्ट्रिय निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ। कांग्रेस संसदीय कार्यसमितिको बैठकले २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो। सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन।
जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन।