arrow

सीजीको सामान क्यान इन्फोटेकमा खरिद गर्दा विशेष अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
caninfotec-cg.jpg

काठमाडौं । चौधरी ग्रुप सीजीले घरायसी उपकरण खरिद विशेष छुट अफर दिएको छ । राजधानीमा जारी कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) को आयोजनामा भइरहेको ‘क्यान इन्फोटेक’ मा सीजीले घरायसी उपकरणमा विशेष छुट अफर दिइरहेको हो ।

माघ २४ गतेबाट शुरु भएको इन्फोटेकमा सीजीको ए २८ र ए २९ मा स्टल रहेको छ । उक्त स्टलमा सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक घरायसी उपकरण र स्मार्ट घरायसी उपकरण रहेका छन् ।

साथै उक्त स्टलमा १३ ब्रान्डको घरायसी उपकरण रहेको छ । जसमा एलजी, सिजी, टीसीएल, गोड्रेज, सेन्सेई, केईएनटी हेल्थ कियर, एलिका, क्रोम्प्टेन, ब्याक पलस डिस्केर, माइडिया, बेकोलगायत ब्रान्डका घरायसी उपकरण रहेको स्टल प्रमुख सुस्मिता मुश्याखले जानकारी दिइन् । 

सीजीले रेफ्रिजेनेरेटर, एयर कन्डिसनर, माइक्रो वेभ ओभन, डिसवासर लगायत विभिन्न खालका घरायसी उपकरण खरीदमा २० प्रतिशतसम्मको छुट र गिफ्ट उपहारको व्यवस्था रहेको स्टल प्रमुख सुस्मिताले बताइन् ।

क्यान इन्फोटेकमा आएर सामान खरिद गर्ने र बुकिङ गर्नेलाई मात्र २० प्रतिशत छुट अफर मान्य हुने कम्पनीले जनाएको छ । इन्फोटेक २९ गतेसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ