arrow

एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
chamber-of-commerce-sudan-kirati-tourism-minister.jpg

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती समक्ष आग्रह गरेको छ । 

मन्त्री किराँतीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किराँतीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझावसमेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष राजेन्द्र मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ, ।’ 

मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

नेपालका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । 

राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन ईयूको कालोसूचीबाट हटाउनका लागि कुटनीतिक पहल गर्नसमेत अध्यक्ष मल्लले मन्त्री किराँती समक्ष आग्रह गरे ।

यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ