arrow

गण्डकी स्पोर्टस् क्लवमा उमेश सिके

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
Gandaki Sports club.jpg

पोखरा । गण्डकी स्पोर्टस् क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

क्लवको उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।

सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा (इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।

२०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लवले स्व. नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लवले क्षेत्रीय स्तरमा चार संस्करणसम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ ।

बुद्ध जयन्तिको अवसरमा क्लवले चार पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधिलाई जनस्तरसम्म पुर्याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘विगतमा हामीले फुटबल, क्रिकेट, भलिबल प्रतियोगिता गरिसकेका छौं । यसलाई अझ व्यवस्थित बनाउँदै स्पोर्टस्  एकेडेमीको अवधारणामा अघि बढ्ने छौं ।’ 

भावी दिनमा महिला र बालबालिका केन्द्रित प्रतियोगिता र खेलकुद गतिविधिसमेत गर्ने उनको भनाइ छ ।



नयाँ