arrow

भारत र अष्ट्रेलियाबीचको पहिलो टेष्ट नागपुरमा, पाहुनालाई शुरुआतमै झड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
india-australia-first-test-nagpur.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको पहिलो टेष्ट क्रिकेट नागपुरमा शुरु भएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाहुना टिम अष्ट्रेलियालाई शुरुआतमै झड्का लागेको छ । 

एक ओभर एक बलमै उस्मान खवाजालाई व्यक्तिगत एक रनमा र दुई ओभर एक बलमै डेभिड वार्नरलाई व्यक्तिगत एक रनमा गुमाएर अष्ट्रेलियाले खराव शुरुआत गरेको छ । 

दुई रन जोड्दा दुई विकेट गुमाएको अष्ट्रेलियाका लागि त्यसपछि आएका मानस लाबुस्चाङ्गे र स्टेभेन स्मिथले आक्रामक खेल्दैछन् । 

भारतका लागि मोहम्मद शामी र मोहम्मद सिराजले १–१ विकेट लिए । 

दुई देशबीच भारतमा चार टेष्ट हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ