- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बुटवलमा सम्पन्न रुपन्देही जिल्ला नकआउट लिग छनेट फुटबल प्रतियोगिताको उपाधि विश्व शान्ति युवा क्लव सालझण्डीले जितेको छ । शुक्रबार भएको फाइनलमा हिमाल युवा क्लव मणिग्रामलाई पराजित गर्दै विश्व शान्तिले उपाधि जितेको हो ।
माघ १२ गतेदेखि २७ गतेसम्म सञ्चालित रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा विभिन्न स्थानका २६ वटा टिमले सहभागिता जनाएका थिए ।
बुटवल उपमहानगरपालिका वडा- ७ दीपनगरस्थित सिद्धेश्वरी खेल मैदानमा भएको फुटबल प्रतियोगिताको फाइनलमा विश्व शान्ति
टाइब्रेकरमा ४-३ ले विजयी भएको हो ।
उक्त लिग छनोट प्रतियोगिताको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले निकै रोचक एंव प्रगति मुलक रुपमा खेल हुन पुगेको बताउँदै जिल्लालाई खेल आयोजनाको हव र खेलाडि उत्पादनको क्षेत्रको रुपमा चिनाउने गरि आगामी दिनमा पनि प्रतियोगिता राख्नुपर्नेमा जोड दिएका थिए ।
सौभाग्य युवा क्लव बुटवलले समापन कार्यक्रमको व्यवस्थापन गरेको थियो । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्विनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षेत्री (हरी), पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन र जिल्ला फुटवल संघ पश्चिम नवलपरासीका अध्यक्ष धनवहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
केही वर्षयता रुपन्देहीमा खेलकुद क्षेत्रले गति लिन नसकेको बेला जिल्ला खेलकुद विकास समितिले नयाँ कार्यसमिति पाएपछि पछिल्लो समय जिल्लाका हरेक पालिकाका स्थानहरुमा विभिन्न खेलहरु सञ्चालन हुँदै आएका छन् ।
खेल संयोजक दिपक गुरुङका अनुसार विजेता र उपविजेता भएका दुवै टिम अब जिल्ला लिगका लागि छनाेटमा परेको बताए ।
प्रतियोगितामा उत्कृष्ट गाेलकिपरको रुपमा विश्व शान्ति युवा क्लबका जर्सी नम्बर १७ का आयुष राना, उत्कृष्ट डिफेन्समा हिमाल युथ क्लबका जर्सी नम्बर १४ का गोविन्द थापा, उत्कृष्ट फर्वाड हिमाल युथ क्लवका जर्सी नम्बर ६ का अमृत क्षेत्री र सर्वाेत्कृष्ट खेलाडीमा विश्व शान्तिका जर्सी ९ का लोकबहादुर बुढा मगर लगायत घोषित भए । सबैलाई सम्मान स्वरुप ट्रफी प्रदान गरिएको थियो ।