arrow

फिफा वर्ष खेलाडीमा मेस्सीसहित तीनको मनोनयन, रोनाल्डो परेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
messi-ronaldo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।  
 
सन २०१८ बाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिसकेका छन् । 

मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन । 

तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ