काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा जारी ‘ क्यान इन्फोटेक २०२३’ आज सकिँदैछ । गत माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा उत्साहजनक रुपमा सहभागीता रहेको छ ।
विद्यार्थीदेखि व्यवसायी तथा लगानीकर्तालेसमेत चासो दिएर अवलोकन गरिरहेको क्यान महासंघले जनाएको छ ।
सो क्रममा चौधरी ग्रुपको सीजी डिजिटलको बिक्री उल्लेख्य भएको पाइएको छ । सीजीकी सुस्मिता मुश्याखोका अनुसार अपेक्षा गरे भन्दा बढीको सामग्री बिक्री भएको छ । सीजीले यो मेलाभर २० प्रतिशत छुट दिएको छ ।
उनले अन्तिम दिनसम्म पनि ग्राहकको भीड कम नभएको बताइन् । सीजीले सानो उत्पादनमा कफी मगदेखि ८६ इन्चको टीभी र ६ सय लिटरको रेफ्रीजिटेजर राखेको छ ।