arrow

पूर्वअर्थमन्त्रीलाई पौडेलको जवाफ: दुई तिहाई बहुमतको सरकार बाहिरिँदा अर्थतन्त्रका सबै परिसुचक सकारात्मक थिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
gyanendra--karki-bishnu-poudel.jpg

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेटको अर्धवार्षिक समीक्षाका क्रममा बोल्दै अर्थतन्त्रलाई सुधार गर्न सबै काम गर्न तयार रहेको बताएका छन्। उनले 'जीडीपी र रेभ्युन्यु'को सन्दर्भमा हाल नेपाल दक्षिण एसियामै राम्रो स्तरमा रहेको बताएका छन् ।

यसबाहेक बजेटको अर्धवार्षिक समीक्षाका क्रममा बोल्दै उनले यो पुरानै सरकारले ल्याएको बजेटको समीक्षा भइरहेको र वर्तमान सरकारबाट जारी नयाँ बजेट नभएको कुरा नबिर्सन भने संसदहरुलाई भनेका छन् ।

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीको प्रश्नको जवाफमा भने खरो प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री कार्कीले दुई तिहाईको बहुमतको सरकारले वैदेशिक ऋण बढाएको र अर्थतन्त्र उतारचढावमा आएको भनेका थिए। अर्थमन्त्री पौडेलले दुई तिहाई बहुमतको सरकार बाहिरिँदा अर्थतन्त्रका सबै परिसुचक सकारात्मक रहेको भन्दै जवाफ दिएका हुन् ।

पूर्वअर्थमन्त्री कार्कीले भनेका थिए,'करिब दुई तिहाईको बहुमतको सरकारलाई हामीले लगातार ६ प्रतिशतको ग्रोथ रेटको अर्थतन्त्त दिएका थियौं, चार वटा बजेट ल्याउँदा खेरी त्यो बजेट शुन्यमा फेरि आउने सरकारले पाएको थियो। वैदेशिक ऋण ४३३ अरबबाट ८०० अरब पुर्याएर छाडेको थियो। विगतको सरकारलाई देखाउनका लागि भ्यु टावर र अलपत्र भएका विकासका योजनाहरु त्यो सरकारले छोडेर गएको थियो।'

यसको जवाफमा वर्तमान अर्थमन्त्री पौडेलले भने,'दुई तिहाई बहुमतको सरकार सरकारबाट बाहिरिँदै गर्दा अर्थतन्त्रका समस्त परिसुचकहरु सकारात्मक थिए भन्ने तथ्य कुनै पनि तथ्यांकशास्त्रीले त्यसलाई अस्वीकार गर्न सक्दैनन् भन्ने मलाई लाग्छ ।'

अर्धवार्षिक समीक्षामार्फत  सरकारले बजेटको आकार २ खर्ब ४४ अर्बले घटाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले १७ खर्ब ९३ अर्ब विनियोजन भएको बजेटको आकार १४ प्रतिशतले घटाएको जानकारी दिएका हुन् ।

यसअनुसार कुल बजेट आकार १५ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ।

'चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ, जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत मात्र हो,' अर्थमन्त्री पौडेलले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ