arrow

राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
prithivi-subba.jpg

काठमाठौं । एमाले नेता पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् । उनले राष्ट्रपति एमालेले पाउने सहमति भएको सुनाए  ।

गुरुङले भने, “गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भए अनुरुप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ । त्यसैले ढुक्क भएर बसे हुन्छ ।”

एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ