arrow

प्रचण्डको सरकार धेरै दिन नटिक्ने उपेन्द्रको भविष्यवाणी

सरकार इतिहास मै सबैभन्दा कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
upendra-yadav-jasapa.jpg

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन् । उनले सरकार धेरै दिन नटिक्ने समेत दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समितिले तौलिहवामा राखेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सो कुरा भन्दै उनले अहिलेको सरकार गठनलाई राहु केतुको अनमेल मिलनको संज्ञा दिए ।

‘अहिलेको प्रचण्ड नेतृत्वको सरकार इतिहास मै सबै भन्दा कमजोर सरकार हो ’ उनले भने ‘ यो सरकार धेरै दिन टिक्ने सम्भावना छैन र भविष्य पनि छैन ’ । उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि नै सरकारको स्वरूप परिवर्तन हुने बताए । अहिले सरकारमा राजा बदी, लोकतन्त्रवादी गणतन्त्रवादी रहेकोले राहु र केतु मिलेको जस्तै देखिएले पनि सरकारको आयु धेरै दिन नहुने उनले ठोकुवा गरे । अहिले प्रधानमन्त्री प्रचण्ड निकै कमजोर र लाचार देखिएको उनले बताए ।

गृह अर्थ, पराराष्ट्र मन्त्री समेत अरू पार्टीको रहेकोले प्रचण्डले आफुले चाहेको नीति कार्यक्रम समेत लागु गराउन नसक्ने उनले बताए । यही सरकारमा रहेको मन्त्रीहरूले खुलेयाम गणतन्त्र र सङ्घीयता विरोधी भाषण गरे पनि प्रचण्ड मौन बस्न बाध्य रहेको उनले बताए । यो सरकारले एक पछि अर्को गल्ती गर्दै गएकाले मुलुकको अर्थतन्त्र निकै खतरनाक मोडमा पुगेको उनको भनाई छ ।

यस अघि र अहिलेको सरकारको गलत नीतिका कारण मुलुक आर्थिक सङ्कटमा फस्ने सम्भावना बढेका उनले बताए । ‘आउने वैशाख पछि मुलुकमा आर्थिक सङ्कटको बढी सम्भावना छ, आम जन जीवनमा नकारात्मक तर्फ जाने देखिएको छ’ उनले भने । अहिले सरकारको गलत नीतिका कारण मुलुक विदेशीको खेल मैदान बनेको उनले आरोप लगाए । उनले देशमा चार विदेशी शक्तिले खेलिरहेको भन्दै उनले यो मुलुकलाई आफुले खेल मैदान बन्न नदिने बताए ।

उनले सरकारी गत रवैयाका कारण छिमेकी र मित्रराष्ट्रहरूको समेत विश्वास गुमाउँदै गएको बताए । उनले गत मङ्सिरमा भएको निर्वाचनको मुख्य मुद्दा पैसार र जातिवाद भएको बताए । यो सरकारलाई आन्दोलनको उपब्धीको रक्षा संस्थागत र अर्थतन्त्र मजबुत बनाउन आफ्नो पार्टीले समर्थन दिएको भन्दै बाटो बिराउँदै गएकाले अब दिएको समर्थन समेत फिर्ता लिने स्थितिमा पुगेको बताए ।

यो सरकारले बाटो बिराउँदै गएकाले केही दिनको सरकार भएको उनले बताए । उनले लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा बनेको सरकारले आफ्नो पार्टीलाई धोका दिएको भन्दै यो धोका महँगो पर्ने चेतावनी दिए । ‘ लुम्बिनी प्रदेशको सरकार पनि केही दिनको मात्र हो ’ उनले भने । उनले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई हटाउन अन्तर्घात गर्ने नेता र कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ