arrow

एलन मस्कले गरे टेस्लाको दुई अर्ब डलरको शेयर दान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
musk.jpg

काठमाडौं। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले गत वर्ष कम्पनीको १.९५ अर्ब अमेरिकी डलर मूल्य बराबरको शेयर परोपकारका लागि दान गरेको बताएका छन्।

१ करोड १ लाख सेयरको दानलाई अमेरिकी नियामकको फाइलिङमा एक वास्तविक उपहारको रूपमा उल्लेख गरिएको थियो।

उक्त फाइलिङमा दान प्रापक संस्थाको नाम भने उल्लेख गरिएको छैन । 

बुधबार मस्कले यस वर्षको अन्त्यतिरको समय ट्विटरको प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो उत्तराधिकारी खोज्न राम्रो समय हुनेसमेत बताएका छन्।

अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनमा दर्ता गरिएको कागजातमा गत वर्षको अगस्ट र डिसेम्बरको बीचमा १.९५ अर्ब अमेरिकी डलर बराबरको शेयर दान गरिएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ