arrow

सांसद चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउने कसरत, प्रचण्ड र ओली सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
arun-kumar-chaudhary-kailali-2-nup-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निलम्बित प्रतिनिधि सभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीको सजायलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउने विषयमा छलफल थालिएको छ ।  उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेपछि सरकारले उनको सजाय कटौतीका लागि राष्ट्रपतिबाट माफी मिनाहा गराउने विषयमा छलफल भएको हो । 

दिपायल उच्च अदालतका न्यायाधीशदेशबहादुर सार्की र गणेश ठाकुरको इजलासले उनलाई छाड्न नमानेपछि नागरिक उन्मुक्ति पार्टीले उनलाई छाड्न दबाब दिन थालेको छ । १९ माघमा बर्दियाबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । 

सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । 

सो विषयमा राष्ट्रपतिबाट माफी दिने तयारी भएको स्रोतको दावी छ । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भैसकेको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ