arrow

माओवादी र राप्रपा सरकारमा भएपछि थपियो जनयुद्ध दिवस र पृथ्वी जयन्तीको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । सरकारले पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारको क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन् । 

उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा  पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको जानकारी दिइन् ।

माओवादी केन्द्र नेतृत्वको सरकार र सत्तागठबन्धनमा राप्रपाको सहयात्रा रहेसँगै जनयुद्ध दिवस र पृथ्वी जयन्तीमा बिदा दिइएको हो । जनयुद्ध दिवसमा पहिलो पटक सरकारले बिदा दिन थालेको हो । पृथ्वी जयन्ती भने गणतन्त्र आएसँगै काटिँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ