arrow

दोस्रो टेष्टमा पनि भारतसँग अष्ट्रेलिया डटेर खेल्न सकेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
india-australia-cricket-2023-02-17.jpg

काठमाडौं । भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि अष्ट्रेलियाले कमजोर प्रदर्शन गरेको छ । आजदेखि दिल्लीमा शुरु भएको दोस्रो टेष्टमा अष्ट्रेलिया पहिलो दिनमै अलआउट भयो । 

अष्ट्रेलियाले सबै विकेट गुमाएर पहिलो इनिङ्समा २६३ रनमात्र बनाउन सक्यो । उस्मान खवाजाले ८१ तथा पिटर ह्याण्ड्सकम्बले ७२ रन बनाए । 

भारतका लागि मोहम्मदा शामीले ४ तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३–३ विकेट लिए । पहिलो टेष्टमा आश्विन र जडेजा चलेका थिए । 

जवाफमा भारतले पहिलो दिनको समाप्तिसम्म कुनै विकेट नगुमाइ २१ रन बनाएको छ । कप्तान रोहित शर्मा १३ तथा लोकेश राहुल ४ रनमा अविजित छन् । 

चार खेलको श्रृंखलाको पहिलो खेलमा भारत एक इनिङ्स र १३२ रनले विजयी भएको थियो । त्यो खेलमा तीन आर रविचन्द्रन, रविन्द्र र रोहित चम्केका थिए । रविचन्द्रन र रविन्द्रले बलिङ कमाल देखाइसकेका छन् । रोहित अविजित छन् । 

यो खेल जित्दा भारत आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा पुग्नेछ । अहिलेसम्म अष्ट्रेलिया ७०.८३ प्रतिशतसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ । 

भारत ६१.६७ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । श्रीलंका ५३.३३ प्रतिशतसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका चौथोमा भए पनि फाइनलमा पुग्ने सम्भावना छैन । अन्य राष्ट्रहरु पनि होडबाट बाहिरिइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ