arrow

राजातिर ढल्किएका दुर्गा प्रसाईलाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
durga-prasai.jpg
तस्बिर – फाइल ।

झापा ।  नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पूर्व युवराज पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए ।  

कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। पार्टीलाई कुनै खबर नै नगरी राजावादी तथा हिन्दू अतिवादीहरुसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।

दुर्गा प्रसाईको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाही सहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ