- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको म्याराथानमा निर्धारित दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जितेका हुन् ।
उपाधिसँगै उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । केन्याकै धावक जुलियस ओहोमे दोस्रो भए । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । म्याराथनमा त्रिभुवन आर्मीका होमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।
महिलाको हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा पछाईले जितिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । उनले १ लाख ५० हजार प्राप्त गरिन् ।
एपीएफकी बृन्दा श्रेष्ठ दोस्रो भइन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा दूरी पार गरिन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले तेस्रो भइन् । उनीहरुले क्रमशः एक लाख, ७५ हजार रुपैयाँ जितेका छन् ।