arrow

रिहा हुँदै उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
arun-kumar-chaudhary-kailali-2-nup-mp-2079-2022.jpg

कैलाली । कैलाली– २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुँदैछन् । टयाक्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन् । 

उनको रिहाइका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानूनी पक्रिया शुरु गरेको छ । तर प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोलि अझैसम्म टुंगो भने लागिसकेको छैन ।   

 यद्यपि नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भएपछि पार्टीका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन् । 

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 

एक दशक अगाडिको सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ