arrow

दिल्लीमा अष्ट्रेलियाको विजोग, भारत मात्र ११५ रनको चुनौती पछ्याउँदै, जडेजालाई ७ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
india-australia-jadeja-2023.jpg

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत हावी देखिएको छ । भारतले मात्र ११५ रनको चुनौती पछ्याइरहेको छ । आज तेस्रो दिनको बिहानकै सेसनमा लगातार ९ विकेट गुमाएर अष्ट्रेलिया ११३ रनमै अलआउट भयो । 

यसअघि पहिलो इनिङ्समा अष्ट्रेलियाले २६३ रन बनाएकामा भारतले २६२ रन बनाएको थियो । 

तर तेस्रो दिनको शुरुआतदेखि नै विकेट गुमाएको अष्ट्रेलियाले ३१.१ ओभर खेलेर अलआउट भयो । ट्राभिस हेडले ४३ तथा मार्नस लाबुस्चांगेले ३५ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । 

रविन्द्र जडेजाले ४२ रन खर्चेर ७ विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विनले ३ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा जडेजा र आश्विनले ३–३ विकेट लिँदा मोहम्मद शामीले ४ विकेट लिएका थिए । जडेजा प्लेयर अफ द म्याच निश्चित भएका छन् । उनले २६ रनसमेत बनाएका थिए । 

चार खेलको श्रृंखलामा भारतले पहिलो टेष्ट एक इनिङ्स र १३२ रनले जितेको थियो । दोस्रो खेल जित्दा भारत आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा पुग्नेछ । अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ